‘ह्यारी कि प्यारी’को गीतमा साम्राज्ञीको ‘दम दम’

१५ माघ २०७९ ६:३८

माघको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ह्यारी कि प्यारी’मा समावेश ‘दम दम’ बोलको गीत सार्वजनिक गरिएको छ । युट्युबबाट सार्वजनिक गरिएको गीतमा नायिका साम्राज्ञी आर एल शाहको बोल्ड अवतार हेर्न सकिन्छ ।

भिडियोमा साम्राज्ञीलाई आरए सुरज पौडेलले साथ दिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको अडियोमा युग भुषालको शब्द तथा संगीत, थोम्स एन्ड्रियूजको स्वर छ । बीआर प्रोडक्शनको प्रस्तुतिमा निर्देशक कपिल रिजाल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा साम्राज्ञीसँगै जितु नेपाल, बिजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा कपिल रिजालको कथा, सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा तथा संवाद छ । सुदिप बरालको छायांकनमा तयार भएको चलचित्रमा अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई डाक्टर भोला रिजालले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *