‘फूलबारी’को मोफसल टुरमा मुस्कुराएकी प्रियंका

१५ माघ २०७९ ५:४१

फागुणको ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फूलबारी’को ५ शहरमा प्रमोशन आरम्भ भएको छ । चलचित्रको टिमले कलेज क्याम्पियन, पब्लिक इभेन्ट, मिट एण्ड ग्रिट जस्ता कार्यक्रमहरुको आयोजना गर्नेछ ।

यो चलचित्रको प्रमोशन यात्रा बुटवलबाट सुरु गरिएको हो । माघको २१ गतेसम्म चल्ने मोफसल यात्रा पोखरा, चितवन, इटहरी, बिर्तामोडसम्म हुनेछ । यो चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गीतकार कालिप्रसाद बाँस्कोटा मोफसल टुरमा छन् ।

चलचित्रको युनिटले आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।

चलचित्रका निर्माता मनीष ढकालका अनुसार निश्चित सहरको उच्च जनसंख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ । ‘नेपाली चलचित्रको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं । मनिषले भने ।

व्यवस्थापक पीभीइले दैनिक जीवनमा देखिरहेका कार्यक्रमभन्दा मिट एण्ड ग्रिटमा ‘फूलबारी’ टिम फरक रुपमा प्रस्तुत भई नेपाली चलचित्र उद्योगका लागि नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ । यो चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ । २ पुस्तामा देखिएको दुरीले पार्ने प्रभावको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *