राजनीतिमा एलिजा गौतम, नागरिक उन्मुक्ती पार्टीमा प्रवेश

१५ माघ २०७९ ५:३१

नायिका तथा मोडल एलिजा गौतमले राजनीतिक यात्रा सुरु गरेकी छिन् । उनी, शनिबार नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेकी हुन् ।

शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमाला लगाएर पार्टीमा स्वागत गरिन् । सो समयमा एलिजा निक्कै खुशी देखिएकी थिइन् ।

एलिजालाई पार्टीमा उपाध्यक्ष पद दिने तयारी गरिएको वुझिएको छ । एलिजाले पनि अब देश र जनताको लागि काम गर्ने बताएकी छिन् ।

एउटा फिल्म र केही म्युजिक भिडियोमा काम गरेकी एलिजा सधै नै चर्चामा रहन्छिन् । उनी, पत्रकार ऋषि धमलाकी पत्नी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *