साहरुख–दीपिकाको जोडीको शत प्रतिशत हिट फिल्म

१३ माघ २०७९ १३:२६

नायक साहरुख खानले सन् २००७ मा नायिका दीपिका पादुकोणलाई चलचित्र ‘ओम शान्ती ओम’बाट बलिउडमा डेब्यू गराएका थिए । यो चलचित्र बक्स अफिसमा सुपरहिट भयो । यसपछि, सन् २०१३ मा रिलिज भएको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले सबै रेकर्ड तोडिदियो । यो चलचित्रमा पनि दीपिका र साहरुखको जोडी नै देखिएका थिए ।

यो जोडीले अर्को चलचित्र ‘ह्याप्पी न्यू इयर’मा काम गरेको थियो । यो चलचित्रले पहिलो दिन ४४ करोडको कमाई गर्दै ओपनिङको रेकर्ड नै राखेको थियो । यो चलचित्र पनि बक्स अफिसमा सुपरहिट भयो । तिन चलचित्र हिट दिएको करिब एक दशकपछि साहरुख र दीपिकाले नै अभिनय गरेको नयाँ चलचित्र ‘पठान’ हलमा रिलिज भैरहेको छ । यो चलचित्रले बक्स अफिसमा किर्तिमानी व्यापार गरेको छ ।

२ दिनमा नै भारतीय बक्स अफिसमा १२५ करोडको कमाई गर्दै चलचित्रले नयाँ रेकर्ड कायम गरिरहेको छ ।

दीपिका र साहरुखले एकसाथ ४ वटा चलचित्रमा काम गरेका छन् । यी चारै चलचित्र बक्स अफिसमा ब्लकबस्टर भएका छन् । यसकारण, यो जोडीको शत प्रतिशत हिट चलचित्र छ । दर्शकले दीपिका र साहरुखलाई सर्वाधिक रुचाएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *