रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्चको फैसला

१३ माघ २०७९ १२:१५

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले फैसला सुनाउँदै उनको पद खारेज गरेको हो ।

उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृत कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तीका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज भएको हो ।

रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत हुन् । उनी चितवन २ नम्बर क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *