२ दिनमै भारतमा सय करोड कमाउने पहिलो फिल्म बन्यो ‘पठान’

१३ माघ २०७९ ११:२६

भारतमा ३ दिनमा सय करोड कमाउने फिल्मको सूची लामै छ । तर, २ दिनमा आजसम्म कुनै पनि फिल्मले सय करोडको आँकडा पार गर्न सकेका थिएनन् । तर, बक्स अफिसमा ४ बर्षपछि फर्किएका सुपरस्टार नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ले नयाँ किर्तिमान कायम गरेको छ । यो चलचित्रले बुधबार र बिहिबार बक्स अफिसमा ऐतिहासिक व्यापार गर्दै सय करोडको आँकडा पार गरेको हो ।

यो चलचित्रले हिन्दी भाषमा बुधबार ५५ करोड र बिहिबार ६८ करोडको व्यापार गर्यो । यस्तै, तेलुगु र तमिल भाषामा फिल्मले २ दिनमा ४.५ करोडको कमाई गरेको छ । २ दिनमा फिल्मको व्यापार हिन्दी भाषामा १२३ करोड पुगेको छ ।

यस्तै, विश्व बजारबाट यो चलचित्रले २ दिनमा २१९.६० करोडको ग्रस कलेक्शन गरेको छ । चलचित्रले पहिलो दिन १०६ करोड र दोश्रो दिन ११३.६० करोडको ग्रस कलेक्शन गरेको हो । २ दिन निरन्तर सय करोड भन्दा बढी कमाउने चलचित्रको रेकर्ड समेत ‘पठान’को नाममा गएको छ ।

बलिउडलाई साउथ चलचित्र उद्योगले उछिनेको टिप्पणी भैरहेको समयमा साहरुखले फेरि एकपटक बलिउडको काँध थामेका छन् । उनले बलिउडलाई फेरि लिकमा फर्काइदिएका छन् । चलचित्रले ४ सय करोडको क्लबलाई समेत खोल्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *