‘छड्के २’को टिजरमा अनमोलको ग्याङस्टार अवतार

१३ माघ २०७९ १०:२६

सधै चकलेटी अवतारमा देखिदै आएका नायक अनमोल केसी फागुणको १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छड्के २’मा भने भिन्न लुक्समा देखिएका छन् । आज सार्वजनिक भएको चलचित्रको टिजरमा अनमोललाई ग्याङस्टार अवतारमा देखाइएको छ । जहाँ, उनी मेनडग नामको पात्रको भूमिकामा छन् । यो चलचित्रले विभिन्न ग्याङस्टार समुहको कथालाई प्रस्तुत गरेको टिजरबाट थाहा हुन्छ ।

चलचित्र ‘छड्के २’मा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ । चलचित्रमा रोबिन तामाङ, कमलमणी नेपाल, देवकुमार श्रेष्ठ, श्रृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानीमा तयार भएको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन निर्देशन, मास्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ ।

चलचित्रको कार्यकारी निर्मातामा निर्भाना स्कुल र लक्ष्मी काफ्ले छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *