बिहेको तयारीमा पुष्प, ३४ बर्षमा बल्ल गरे ब्रतबन्ध

१२ माघ २०७९ १५:३३

धार्मिक परम्परा अनुसार, ब्रतबन्ध नगरेसम्म कुनै पनि पुरुषले बिहे गर्नु हुँदैन भनिन्छ । ब्रतबन्ध गरेपछि बिहेको बाटो खुल्छ ।

नायक पुष्प खड्काले सरस्वती पूजाको अवसर पारेर आज ब्रतबन्ध गरेका छन् । ३४ बर्षको उमेरमा उनले बल्ल ब्रतबन्ध गरेका हुन् । ३४ बर्षको उमेरमा ब्रतबन्ध गरेका पुष्पले अब बिहेको तयारी समेत गरेको बताएका छन् ।

परिवारको जेठो छोरा भएका कारण पनि पुष्पलाई बिहेको दबाब आएको लामो समय भैसकेको छ । अब, भने आफू बिहेको तयारीमा लागेको र यसै बर्ष बिहे हुने पुष्पले बताएका छन् । पुष्पले आफूले चलचित्र क्षेत्र भन्दा बाहिरकी यूवतीसँग बिहे गर्ने समेत बताएका छन् ।

प्रेमको बिषयमा सधै मौन रहेपनि पुष्प केही बर्षदेखि एक यूवतीको प्रेममा रहेको चर्चा चलचित्र वृत्तमा गाँइगुँई सुनिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *