‘गुलाबी’को फस्टलुक रिलिज, नाजिर ट्रान्सवुमनको भूमिकामा देखिदै

१२ माघ २०७९ ८:०८

प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘गुलाबी’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा नायक नाजिर हुसेनलाई ट्रान्सवुमनको भूमिकामा देखाइएको छ । नाजिरको गेटअपलाई मात्र फस्टलुकमा स्थान दिइएको छ ।

समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा नाजिर गाजल, टिकी र नथिया लगाएर बसेका छन् । उनको गम्भिर सोचले पनि धेरै कुरा बोल्न खोजेको छ ।

चलचित्रमा नाजिरको साथमा संचिता लुइटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको अभिनय छ । यही चलचित्रका लािग नाजिरले १६ केजी तौल समेत घटाएका थिए । द स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मिल चलचित्रमा आलोक शुक्लाको छायांकन, सान भुषाल र लेखु सहयात्रीको संगीत छ ।

लामो समयदेखि हिट चलचित्रको खोजी गरिरहेका नायक नाजिर हुसेनका लागि यो चलचित्र करिअरमा नै कोशेढुंगा बन्न सक्छ । फस्टलुकले दर्शकलाई उत्साहित बनाउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *