बैशाख १ मा दया र प्रकृतिको ‘बिहे पास’ रिलिज हुने

१२ माघ २०७९ ७:५८

नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनी आरआर फिल्मस्ले यो चलचित्रलाई आउँदो बर्षको बैशाख १ गतेबाट रिलिज गर्ने भएको हो ।

चलचित्रको सार्वजनिक फस्टलुकमा नायक दया र नायिका प्रकृतिको बिहे भएको देखाइएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा रविन्द्र झा, वुद्दि तामाङ, शिशिर वाङ्देल, श्याम राई, बिशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् ।

बिबाहको बिषयलाई मुख्य कथा बनाइएको चलचित्रमा शिव ढकालको छायांकन, मित्र डी गुरुङको सम्पादन, प्रवेश मलिकको संगीत, मर्रे केर, आकाश बराल, साजन काफ्लेको कथा, आकाश र साजनको पटकथा तथा संवाद छ ।
यही मितिमा यस अगाडि ‘प्रसाद २, नाई नभन्नु ल ६ र जारी’को पनि प्रदर्शन मिति तय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *