धिरजलाई केन्द्रिय भूमिकामा देखाउँदै ‘ज्याकीः आई एम ट्वान्टी वान’को घोषणा

१२ माघ २०७९ ७:५०

बिहिबार सरस्वती पूजाको अवसर पारेर निर्देशक रेनशा वान्तवा राइले आफ्नो चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को घोषणा गरेकी छिन् । यो चलचित्रको नाम सुरुवातमा ‘आई एम ट्वान्टी वान’ राखिएको थियो ।

तर, लक्षित उमेर समुहलाई मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएपछि नामको अगाडि ज्याकी थपिएको हो । चलचित्रको केन्द्रिय भूमिकामा नायक धिरज मगरले अभिनय गरेका छन् । चलचित्रमा धिरजको साथमा नायिका जसिता गुरुङ र कलाकार अरुण क्षेत्रीले काम गरेका छन् ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको यो चलचित्र आगामी बर्षको बैशाख २१ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । तर, औपचारिक घोषणा भने गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *