साम्राज्ञीलाई हल भर्नुपर्ने दबाब

१३ पुष २०७९ ७:२९

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मोफसल टुरमा छिन् । चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शन हुन करिब २ साता मात्र बाँकी रहेको अवस्थामा उनी निर्देशक रमेश एम के पौडेल, नायक पुष्प खड्का र कलाकार सन्दीप क्षेत्रीको साथमा मोफसल टुरमा लागेकी हुन् ।

चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा उनले चलचित्र राम्रो बनेको विश्वास पत्रकार र केही कलेजका विद्यार्थीहरुलाई गराइन् ।

यो चलचित्रका निर्देशकलाई पनि साम्राज्ञीबाट ठूलो आशा छ । किनकी, उनको नाममा नै यो चलचित्रले इनिसियल व्यापार गर्ने अपेक्षा निर्देशक तथा निर्माताको छ ।

चलचित्रले गर्ने व्यापारले निर्माता तथा निर्देशक पौडेललाई मात्र होइन, नायक पुष्प र स्वयंम साम्राज्ञीलाई पनि ठूलो अर्थ राख्छ । किनकी, लगातार यी तिन चलचित्रकर्मी असफल हुँदै आएका छन् ।

यो चलचित्रको २ दिने व्यापार साम्राज्ञीको नाममा हुन आवश्यक छ । किनकी, साम्राज्ञीलाई नेपाली चलचित्रको स्टार र महंगी नायिका भनिन्छ । लभ स्टोरी जनरामा तयार भएको यो चलचित्रमा पुष्पका लागि साम्राज्ञीको पागलपना देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *