मलिकाले साइन् गरिन् लक्ष्मणको फिल्म

१३ पुष २०७९ ५:३६

नायिका मलिका महतले करिब ३ बर्षपछि नयाँ चलचित्र साइन गरेकी छिन् । नाम तय नगरिएको नयाँ चलचित्रमा मलिका अनुबन्धित भएकी हुन् । मलिकाले काम गर्न लागेको चलचित्रलाई संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्नेछन् । मलिका र लक्ष्मणबिच मंगलबार कागजी रुपमा संझौता भएको छ । लक्ष्मणले यसअघि चलचित्र ‘लालजोडी’ पनि निर्देशन गरेका थिए ।

निर्देशक सुवेदीले फागुणको पहिलो साताबाट दिलासा क्रियशनले बनाउन लागेको यो चलचित्रको छायांकन सुरु हुने बताए । अन्य कलाकार अडिसनको माध्यमबाट तय गर्ने उनको भनाई छ ।

चलचित्र ‘यात्रा र पानी फोटो’मा काम गरेपछि मलिकाले नयाँ चलचित्र साइन गरेकी थिइनन् । उनले, राम्रो कथा नपाएर काम नगरेको बताउँदै आएकी थिइन् ।

मलिकाले नायक पल शाहसँग केन्द्र मोसन पिक्चर्स र ‘पर्खि बसे २’मा काम गर्ने पक्का भएपनि बिषम परिस्थितीका कारण यी दुबै चलचित्रको काम अगाडि बढ्न पाएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *