डलर समात्दै ह्यारी, पछि लाग्दै प्यारी

१२ पुष २०७९ १६:०७

बी आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ह्यारी कि प्यारी’को मोसन पोष्टर सार्वजनिक भएको छ । डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, बिजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई र सरला रिजालको अभिनय छ ।

सुदिप बरालको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरबी र डाक्टर कपिल रिजालको लेखन छ । यो चलचित्रको फस्टलुकमा ह्यारीको भूमिकामा जितु र प्यारीको भूमिकामा साम्राज्ञीले अभिनय गरेका छन् ।

चलचित्रको फस्टलुकमा डलरको पछि कुदेका ह्यारी र उनको पछि कुदेकी प्यारीलाई चित्रित गरिएको छ ।

चलचित्रमा रविन्द्र न्यौपानेको छायांकन, सत्यम रानाको भीएफएक्स छ । मनिषा रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली चलचित्रका कार्यकारी निर्माता हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *