पोखराको बाराही मन्दीरमा पुष्प, साम्राज्ञी र सन्दीप

१२ पुष २०७९ १५:५९

पौषको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोसफल प्रचार आरम्भ पोखराबाट भएको छ । चलचित्रका निर्देशक रमेश एम के पौडेलका अनुसार पोखराबाट सुरु भएको प्रचार टुर बुटवल, नारायणगढ, हेटौडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ ।

चलचित्रको टिमले पोखराको बाराही मन्दीरमा पूजा गर्दै प्रचारको सुरुवात गरेको हो । डुङ्गामा चलचित्रको ब्यानर राखेर बाराही मन्दीर पुगेको टिमले पत्रकारहरुसँग पनि कुराकानी गर्यो । चलचित्रको मोसफल टुरमा निर्देशक पौडेलको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, कलाकार सन्दीप क्षेत्री सहभागी छन् । सबिर श्रेष्ठको लेखनमा यो चलचित्र तयार भएको हो ।

चलचित्रमा सबिर र बाबुराम निरौलाको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, सुवास भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको लगानी छ ।

चलचित्रको सह–निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् । चलचित्रको गीत र ट्रेलरबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको कलाकार पुष्प खड्का बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *