पोष्टमार्टमका कर्मचारीले गरे सुशान्तको हत्या भएको दाबी

१२ पुष २०७९ ७:५७

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको साढे २ बर्ष भैसकेको छ । प्रहरीले उनले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेको भन्दै फाइल क्लोज गरिसकेको छ । तर, अब उनको निधनको बिषयमा एक नयाँ रहस्य खुलेको छ ।

सुशान्तको पोष्टमार्टम गर्दा त्यहाँ उपस्थिती पोस्टमार्टमका एक कर्मचारीले उनको हत्या भएको दाबी गरेका हुन् । उनले, सुशान्तको शवलाई पोष्टमार्टमका लागि ल्याउँदा उनको घाँटी र शरीरका केही भागमा चोट लागेको उनले भारतीय मिडियालाई बताएका छन् । उनले भनेका छन्–‘मैले सुशान्तको शव देख्ने वित्तिकै यो हत्या भएको बताएको थिए । तर, मेरा बरिष्ठहरुले यो बिषयमा पछि कुरा गर्ने बताए । उनले, जतिसक्दो चाँडो शवको तस्वीर खिचेर प्रहरीलाई दिन भने । हामीले राती नै पोष्टमार्टम गरेका थियौं ।’

सुशान्तको पोष्टमार्टमको भिडियोको रेकर्डिङ गर्न पनि कुनै अनुमति नदिएको उनले बताए । पोष्टमार्टम कर्मचारीको भनाई सार्वजनिक भएसँगै सुशान्तका वकिलले पनि यो बिषयमा मुख खोलेका छन् । उनले, सुशान्तको मृत्युको कारण सामान्य आत्महत्या नभएको बताएका छन् । उनले, यसको पछाडि कुनै न कुनै षड्यन्त्र भएको भन्दै यसको समाधान सीबीआइले मात्र गर्न सक्ने उल्लेख गरेका छन् ।

सन् २०२० को जुन १४ मा सुशान्त आफ्नो बान्द्रास्थित घरमा रहस्यमय तरिकाले मृत फेला परेका थिए । सीबीआइले पनि उनको मृत्युको कारण आत्महत्या नै भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *