‘अवतार २’को कर्माइ ८५५ मिलियन, नाफाका लागि २ विलियन कमाउनुपर्ने

१२ पुष २०७९ ७:४७

विश्व बजारबाट हलिउड चलचित्र ‘अवतार २’ले ८५५ मिलियन डलर कमाई गरेको छ । लोभलाग्दो कमाई गर्दै यो चलचित्र यो बर्ष सर्वाधिक कमाउने पाँचौ चलचित्र समेत बनेको छ । जेम्स क्यामरुनको निर्देशनमा तयार भएको यो चलचित्रले उत्तर अमेरिकामा मात्र २५३.७ मिलियन डलर कमायो । यस्तै, अन्तरराष्ट्रिय बजारबाट चलचित्रले ६०० मिलियन डलर कमाई गरेको छ ।

यो चलचित्रले लगानी मात्र उठाउन पनि २ विलियन डलर कमाई गर्नुपर्ने यसका निर्देशक क्यामरुनले बताउँदै आएका छन् । चलचित्रले बर्षको अन्त्यमा १ विलियन डलर कमाउने अपेक्षा गरिएको छ । चलचित्रका निर्देशकले भने जस्तै २ मिलियन कमाउन चलचित्रले लामो रेशको घोडा बन्नुपर्ने हुन्छ ।

विशेषगरि, उत्तर अमेरिकामा हिमआँधी आउँदा चलचित्रको व्यापारमा असर परेको छ । चीनमा कोभिडको नयाँ लहर आएकाले पनि व्यापारमा असर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *