आफ्नै निर्णयबाट पछि हटे भूवन केसी

१२ पुष २०७९ ७:०७

चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी आफूले नै केही महिना अगाडि गरेको निर्णयबाट पछि हटेका छन् । विशेषगरि, सेन्सर सिफारिश र राती ११ बजेपछि चलचित्र चलाउने बिषयमा भूवन केसीले गरेको निर्णयको चलचित्र संघले विरोध गर्दै आन्दोलनको घोषणा गरेपछि उनी पछि हटेका हुन् ।

चलचित्र विकास बोर्डले सेन्सर सिफारिशका लागि एक साता अगाडि नै दरखास्त दिनुपर्ने नियम ल्याएको थियो । तर, अब ४ दिन अगाडि मात्र दरखास्त दिए हुने नियम बोर्डले ल्याएको छ । चलचित्र विकास बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, रातको ११ बजेपछि चलचित्र चलाउनु परेको खण्डमा जिल्ला प्रशासन कार्यलयको अनुमति लिएर विकास बोर्डलाई जानकारी दिनुपर्ने बोर्डको नियम थियो । तर, अब रातको ११ बजेपछि चलचित्र चलाउनु परेको खण्डमा विकास बोर्डलाई जानकारी दिनुपर्ने नियम मात्र यथावत् राखिएको छ ।

चलचित्र संघले भूवन केसीको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा गरेको थियो । बोर्ड अध्यक्ष केसीले सबै संघसंस्थासँग मिलेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *