‘फेसियल हाउस’ले मनायो १५ औं बार्षिकोत्सव, ७७ जिल्लामा शाखा विस्तार गर्ने योजना

१० पुष २०७९ १३:५६

काठमाडौंको काठमाडौं मलमा अवस्थित ‘फेसियल हाउस एन्ड ब्यूटी सैलुन’ले आज आफ्नो पन्ध्रौ बार्षिकोत्सव मनाएको छ । नेपालको नम्बर १ हेयर एन्ड ब्यूटी सैलुनको रुपमा दाबी गरिएको फेसियल हाउसको १५ वटा केक काटेर जन्मदिन सेलिव्रेशन गरिएको हो ।

कार्यक्रममा फेसियल हाउसमा काम गर्ने विभिन्न कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो । यस्तै, फेसियल हाउसले आफ्नो बार्षिकोत्सवको अवसरमा पौष महिनाभरी भारी छुट दिएको समेत जानकारी हाउसकी प्रमुख सुष्मा महराले जानकारी दिइन् ।

कार्यक्रममा सुष्मा केही भावूक बनिन् । उनको आँखाबाट आँशु झरेका थिए । १५ बर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसियल हाउसको शाखा धनगढी, सुर्खेत र पोखरामा पनि संचालनमा छ ।

सुष्माले हाउसको शाखा ७७ वटै जिल्लामा विस्तार गर्ने योजना पनि रहेको सुनाइन् । तर, देशको बर्तमान आर्थिक अवस्थाका कारण पनि व्यापार व्यवसायमा केही नैरश्यता आएको स्विकार गर्दै उनले आफूले कहिले पनि हिम्मत नहार्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरुको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसको बार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत समेत गाएर मनोरञ्जन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *