‘ह्रस्वदिर्घ’बाट १६ बर्षपछि फिल्ममा फर्किदै विपना

१० पुष २०७९ ८:१३

नायिका विपना थापाले चलचित्रमा काम नगरेको पनि १६ बर्ष भएछ । कुनै समयकी यी चर्चित नायिकाले चलचित्र क्षेत्रबाट दुरी बनाउँदै बिहे गरिन् कोलकत्तामा घरजममा रमाईरहेकी छिन् ।

तर, १२ बर्षमा त खोला पनि फर्कन्छ । विपना थापा भने १६ बर्षपछि चलचित्रको पर्दामा देखिन लागेकी छिन् । उनले, चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘ह्रस्वदिर्घ’मा काम गर्ने पक्का भएको छ ।

विपना मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी निर्देशक पन्तले दिए । चलचित्रमा केही नेपाली र केही भारतीय कलाकारले काम गर्ने पक्का भैसकेको छ ।

चलचित्रको छायांकन रामोजी स्टूडियो, नेपाल र बनारसमा हुनेछ । चलचित्रमा सरोज खनाल, सलोन बस्नेत, हरिहर अधिकारी, नीता ढुंगाना, प्रदीप राउत, ब्रम्हानन्द लगायतका कलाकारको अभिनय रहने पक्का भैसकेको छ । चलचित्रको छायांकन अबको एक महिनापछि सुरु हुने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *