बलिउड चलचित्र ‘सर्कस’ले मिडियाकर्मी र बलिउड पण्डितहरुलाई अचम्ममा पारेको छ । रोहित सेट्टीको निर्देृशनमा तयार भएको चलचित्रको व्यापारले सबैलाई अचम्मित बनाएको हो । बलिउडले व्यापारिक रुपमा ठुलो राहत दिने अपेक्षा गरिएको यो चलचित्रले पनि बलिउडलाई कुनै सुखद सन्देश दिन सकेन ।
चलचित्रले शुक्रबार पहिलो दिन ६.२५ करोडको व्यापार गरेको थियो । शनिबार चलचित्रको व्यापार ६.४० करोड मात्र भयो । क्रिसमसको समयमा बलिउडका चलचित्रले बम्पर व्यापार गरेको उदाहरण प्रशस्तै छ ।
तर, रणवीर सिंह, ज्याकलिन फर्नान्डेज, पूजा हेग्डे जस्ता कलाकारले अभिनय गरेको चलचित्रले इनिसियल रुपमा पनि दर्शक पाउन सकेन । २ दिनमा चलचित्रले १२.६५ करोडको मात्र व्यापार गरेको छ । चलचित्रको विकेन्ड कलेक्शन २० करोडको हारहारीमा रहने देखिएको छ ।