मिस पबीलाई राखेर सुनिलले सार्वजनिक गरे ‘जुम्ला’

९ पुष २०७९ १२:०९

चर्चित गायक सुनिल गिरीको नयाँ  गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा  एक  कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र  रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।

संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन्  । भिडियोमा अभिनय गरेकी मोडल मिस पबी अर्थात पबित्रा साकी  डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्। उनले डोटेली भाषामा बोलेको टिकटक भिडियोलाई दर्शकले रुचाउँदै आएका छन्। टिकटकमा करीब ९ लाख फ्लोअर्स भएकी मिस पवीले प्रतिनिधी सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुरविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन् ।

भिडियो सार्वजनिक कार्यक्रममा उनै सागर, जुम्लाबाट हालै प्रतिनिधिसभामा बिजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिती रहेको थियो । गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्।  जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *