‘लाइहेल कालो टिको’मा लक्ष्मीलाई पछ्याउँदै प्रकाश

९ पुष २०७९ १२:०७

आफ्नो कलासंस्कृतिमा प्रति सजक गायिका हुन् लक्ष्मी आचार्य । सुदरपश्चिमकी गायिका आचार्यको प्रत्येक गीतसंगीतमा त्यहाँका कलासंस्कृति, रीतिरिवाज, भेसभुषा र भाषासंस्कृति देख्न सकिन्छ ।

यसैबिच, आचार्यको नयाँ गीत ‘लाईहेल कालो टिको’ सार्वजनिक भएको छ । नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा गायक प्रकाश सपुतले साथ दिएका छन् । गायक प्रकाश सपुतसँग सहकार्य गर्न पाउदा निकै खुसी देखिएकी गायिका आचार्यले सपुतको स्वरले गीतमा सुन र सुगन्ध दुबै भर्ने काम गरेको बताउँछिन् ।

प्रकास सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । एक सुन्दर यूवतीलाई अरुले आँखा लगाउने हुन् कि भनेर पछि लागेका यूवकले गर्ने प्रेम प्रस्तावको अनौठो शैलीमा कथा बुनिएको छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी निकै सुहाएको छ । प्रबिन भट्टको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको भिडियोले गीतलाई झनै सिंगार्ने काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *