‘सर्कस’को ओपनिङ साढे ६ करोड

९ पुष २०७९ ११:५७

१४ वटा लगातार सुपरहिट चलचित्र दिएका निर्देशक रोहित सेट्टी यसपटक बक्स अफिसमा चिप्लिएका छन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘सर्कस’ले बक्स अफिसमा निक्कै नै कमजोर ओपनिङ गरेको छ ।

रणवीर सिंह, पूजा हेग्डे, ज्याकलिन फर्नान्डेज लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा ६.५ करोडको व्यापार गरेको छ । क्रिसमसको समयमा रिलिज भएको चलचित्रको ओपनिङ निक्कै कमजोर हो । यो बर्ष नायक रणवीर सिंहका लागि निक्कै नै खराब देखिएको छ ।

उनको यसअघि ‘८३ र जोएस भाई जोरदार’ पनि असफल भएको थियो । चलचित्रले बक्स अफिसमा ३० करोड आसपासको लाइफटाइम कलेक्शन गर्ने देखिएको छ । समीक्षकबाट निक्कै नै खराब समीक्षा आएको चलचित्रलाई दर्शकले पनि रुचाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *