‘डिसेम्बर फल्स’को ‘यो के भयो’मा पोखिएको आर्यन र उपासनाको प्रेम

९ पुष २०७९ ११:५१

पौष १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘डिसेम्बर फल्स’ गीतसंगीत र यसको मेकिङका कारण चर्चामा छ । अझ, यसको आज सार्वजनिक भएको ‘यो के भयो’ बोलको गीतले त दर्शकको ढुकढुकी बढाउने निश्चित छ । किनकी, यो गीतको अडियो र भिडियो दुबै अब्बल बनेको छ ।

सार्वजनिक गीतमा अस्मिता अधिकारी र मनिष ढकालको स्वर, सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमकै संगीत छ । चलचित्रको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । कविले चलचित्रका मुख्य दुई कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरीको जोडीलाई उत्कृष्ट तरिकाले फिचरिङ गरेका छन् ।

गीतको भिडियोमा आर्यन र उपासनाको लोभैलाग्दो केमेष्ट्री देखाइएको छ । साथमा, भिडियोको छायांकन, लोकेशन पनि उत्कृष्ट छ । चलचित्रमा शिवहरि पौडेल, सलोन बस्नेत, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राना लगायतका कलाकारको अभिनय छ ।

प्रविण झाको निर्देशनमा तयार भएको चलचित्रमा महेश गुप्ताको छायांकन, विपिका खनालको कथा, श्री श्रेष्ठको एक्सन, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन छ । यो गीतले चलचित्रप्रति दर्शकको चाहना र उत्सुकता अझै बढाउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *