‘सर्कस’ रोहित सेट्टीकै सबैभन्दा खराब चलचित्र

८ पुष २०७९ १०:५६

आजबाट रिलिज भएको निर्देशक रोहित सेट्टी निर्देशित चलचित्र ‘सर्कस’लाई निक्कै नै खराब समीक्षा मिलेको छ ।

बक्स अफिसमा कमजोर सुरुवात गरेको यो चलचित्रलाई लिएर दर्शकदेखि समीक्षकले चर्को आलोचना गरेका छन् । उनीहरुले रोहित सेट्टीको अहिलेसम्मकै खराब चलचित्रको रुपमा ‘सर्कस’लाई लिन सकिने बताएका छन् ।

यो चलचित्रको पटकथा निक्कै नै कमजोर रहेको र कलाकारको अभिनय पनि औषत रहेको प्रतिक्रिया समीक्षकको छ । यस्तै, चलचित्रको कथा पुरानो भैसकेको समीक्षक र दर्शकले बताएका छन् । रोहितको चलचित्रमा जस्तो कमेडी र मनोरञ्जन यो चलचित्रमा नभएको र दर्शकलाई दिक्क लाग्ने उनीहरुको तर्क छ ।

चलचित्रमा रणवीर सिंह, पूजा हेग्डे र ज्याकलिन फर्नान्डेजको मुख्य भूमिका छ । चलचित्रले बक्स अफिसमा निक्कै नै कमजोर सुरुवात गरेको छ भने यो चलचित्रको कलेक्शन गतिलो नहुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *