इट्टाभट्टादेखि मकैंबारीसम्म सुनिल र सुशिलाको ‘घुमीघुमी’ प्रेम

८ पुष २०७९ ९:५८

घुमीघुमी प्रेम कस्तो हुन्छ होला । तर, मोडलद्धय सुनिल गिरी र सुशिला थापाले भने मकैबारीदेखि इट्टाभट्टासम्म घुमीघुमी प्रेम गरेका छन् । गायक अमृत बराल र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘म त घुमीघुमी’मा यो जोडीको प्रेम डान्स हेर्न सकिन्छ । गीतमा समिर आचार्यको शब्द तथा संगीत छ । समिर आफैले पनि केही सुपरहिट गीत बजारमा दिइसकेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको कोरियोग्राफी छ । भिडियो कलरफूल छ । सुशिला र सुनिलको जोडी भिडियोमा गज्जबले जमेको हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *