‘गुञ्जन’को ट्रेलरमा साराका लागि प्रितम र कविरको लडाई

८ पुष २०७९ ९:२६

एएच इन्टरटेन्मेन्ट र हिरा कृष्ण शाही फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘गुञ्जन’को ट्रेलर आज सार्वजनिक भएको छ । पौषको २९ गतेबाट रिलिज हुने यो चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा सिर्पाली, प्रितमराज सेन्चुरी, कविर खड्का लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । साराका लागि प्रितम र कविरबिचको द्धन्द्धको कथामा यो चलचित्र बनेको छ ।

अष्टमान महर्जनको निर्देशनमा तयार भएको चलचित्रमा हिराकृष्ण शाही र सुनिता शाहीको लगानी छ । चलचित्रमा महेश दवाडीको कथा, विपिन मल्लको सम्पादन, राजेश श्रेष्ठको छायांकन छ ।

करणराज कार्की र कल्याण सिंहको संगीतमा तयार भएको लभ स्टोर।ी चलचित्र उत्कृष्ट बनेको निर्देशन महर्जनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *