रानीको ‘भोली भन्ने नआउला कतै’मा धिरेन र करिश्माको प्रेम

८ पुष २०७९ ९:०९

अमेरिकामा रहँदै आएकी गायिका रानी शाक्यले गायक थुप्देन भुटियासँग सहकार्य गर्दै ‘भोली भन्ने नआउला कतै’ सार्वजनिक गरेकी छिन् । रानी शाक्यकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा पुरन गिरीको शब्द, दिवश गुरुङको संगीत छ ।

गीतको भिडियोमा नायिका करिश्मा मानन्धर र नायक धिरेन शाक्यको अभिनय हेर्न सकिन्छ । लामो समयपछि भेट भएका पुराना साथीहरुबिचको मित्रता र प्रेमलाई भिडियोमा देखाइएको छ ।

भिडियोमा सोनम पाख्रिनको निर्देशन छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियोमा दुई साथीहरुको भेट भएपछि व्यक्त भएको प्रेमभावलाई प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *