व्यस्तता फर्काउन प्रियंकाको कसरत

७ पुष २०७९ १३:१४

नायिका प्रियंका कार्की पहिलेको जस्तो व्यस्त छैनन् । तर, उनी आफूलाई व्यस्त बनाउने प्रयास गरिरहेकी छिन् । बुधबार ‘चि मुसी चि’ चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भेटिएकी प्रियंका बिहिबार म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा आफ्ना श्रीमान् आयुष्मान देशराज जोशीसँग देखिइन् ।

प्रियंका व्यस्तता फर्काउन चाहन्छिन् । कुनै समय बर्षमा पुरै दिन काम गर्ने उनी बिहे गरेपछि घरयासी जीवनमा बढी व्यस्त भइन् । बरु, उनले छोरीलाई जन्म दिएर पनि हुर्काइसकेकी छिन् ।

अब, भने प्रियंका फेरि पनि व्यस्त हुने बाटो खोजिरहेकी छिन् । यसका लागि उनले चलचित्र र म्यूजिक भिडियोमा आफूलाई व्यस्त राख्नुपर्ने हुन्छ ।

१०४ डिग्री ज्वरो आउँदा पनि पत्रकार सम्मेलनमा पुग्ने प्रियंका आज गीत रिलिज कार्यक्रममा एक घन्टा नै ढिलो भएपनि आइपुगिन् । जे भएपनि प्रियंका आफ्नो पुरानो क्रेज फर्काउन लागिपरेकी छिन् । यसका लागि उनले शारीरिक रुपमा त आफूलाई फिट बनाइसकेकी छिन् ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *