रणवीरको ‘सर्कस’को कमजोर बुकिङ, व्यापार कस्तो होला ?

७ पुष २०७९ १२:५४

भोलीबाट नयाँ बलिउड चलचित्र ‘सर्कस’ विश्व बजारमा रिलिज हुँदैछ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने अपेक्षा धेरैको थियो । तर, यो चलचित्रको बुकिङ भारतमा निक्कै कमजोर देखिएको छ । भारतमा १० हजारको हारहारीमा मात्र चलचित्रको बुकिङ भएको मिडियामा उल्लेख छ ।

रणवीर सिंहको दोहोरो भूमिका रहेको चलचित्रमा ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेको पनि मुख्य भूमिका छ । चलचित्रको ट्रेलरले दर्शकलाई आकर्षित गर्न नसकेको देखिएको छ ।

नेपालमा पनि यो चलचित्रको बुकिङ निक्कै नै कमजोर छ । यसैले, नेपालमा पनि चलचित्रको ओपनिङ कमजोर हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *