‘गोर्खा वारियर’को टिजर गज्जब छ

७ पुष २०७९ १२:४७

लामो समयदेखि चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय मिलन चाम्सले पहिलो पटक उत्कृष्ट टिजर बजारमा ल्याएका छन् । उनले निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’को टिजरले दर्शकमा प्रतिक्षा बढाउन सक्छ । जंगल भित्रको क्यानभासमा सेट गरिएको यो चलचित्रको टिजरमा गोर्खाली सेनाको विरताको कथा देखाइएको छ । चलचित्रले ७० बर्ष अगाडिको कथा भन्ने निर्देशक चाम्सले बताए ।

चलचित्रको टिजरमा जंगल भित्र शत्रुसँग भिडन्त गरेका गोर्खाली सैनिकहरुलाई देखाइएको छ । टिजरमा प्रयोग गरिएका दृश्यले यसको स्तरियतालाई झल्काएको छ ।

चलचित्रलाई बेलायतमा दश हजार दर्शकमाझ प्रिमियर गर्ने मिलनले बताए । उनले, यो चलचित्रले विश्वभर रहेका नेपालीहरुलाई अझै गौरवान्वित बनाउने मिलनको भनाई छ । चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रेयर राई लगायतका कलाकारको अभिनय छ ।

लण्डन सिने आई प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन, एलिस कार्कीको संगीत छ । सुस्मिता वाइवा र सुमन राइको लगानीमा बनेको चलचित्रमा प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माताको रुपमा छन् । यस्तै, सुरेश राई यो चलचित्रकाका सह–निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *