‘चि मुसी चि’का ३ हट नायिका

७ पुष २०७९ ६:१९

नायिकात्रय ऋचा शर्मा, बेनिशा हमाल र प्रियंका कार्कीलाई एउटै पर्दामा हेर्न चाहने दर्शकका लागि पौषको २२ गतेबाट ‘चि मुसी चि’ रिलिज हुँदैछ ।

यो चलचित्रलाई हरर जनरामा तयार पारिएको छ । चलचित्रमा यी तिन नायिका नै अदृश्य शक्तिका कारण हायलकायल छन् । तर, बुधबार आयोजना भएको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भने तीन नायिकाको हट अवतार देखियो ।

आमा बनेपछि आफूलाई फिट राखिरहेका नायिकाद्धय प्रियंका कार्की र ऋचा शर्माको साथमा नायिका बेनिशा हमाल हट देखिइन् ।

केही कार्यक्रममा पौष महिनाको चिसोलाई प्रवाहा नगरि नायिकाहरु गर्मिलो बनेर आउने गरेका छन् । विशेषगरि, बेनिशा र प्रियंकामा पनि त्यही शैली देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *