‘पठान’को दोश्रो गीत रिलिजः साहरुख र दीपिकाको हट केमेष्ट्री

७ पुष २०७९ ५:५९

जनवरीको २५ तारिखबाट रिलिज हुन लागेको नायक साहरुख खान र नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘पठान’ विगत केही दिनदेखि टक अफ द टाउन बनेको छ । चलचित्रको पहिलो गीत ‘बेशरम रंग’ले भारत मात्र होइन, विश्व बजारमा तहल्का मच्चाइरहेको छ । यो गीतले ९ दिनमै युट्युबमा १० करोड भ्यूज पाएको छ ।

यो गीतलाई लिएर भारतमा विवाद पनि उत्कर्षमा छ, जसको फाइदा चलचित्रलाई नै भैरहेको छ । यो गीत सुपरहिट भएको ९ दिनपछि यशराज ब्यानरले दोश्रो गीत ‘झुमे जो पठान’ सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा मुख्य कलाकारद्धय साहरुख खान र दीपिका पादुकोण अझै हट अवतारमा देखिएका छन् । २ कलाकारको केमेष्ट्री दर्शकका लागि प्रतिक्षामा छ । चलचित्रमा जोन अब्राहिम खलनायकको भूमिकामा छन् । बिशाल एण्ड शेखरको संगीतमा तयार गीतमा कुमारको शब्द, अर्जित सिंह, सुखरिती कक्कर, विशाल र शेखरको स्वर छ ।

बोस्को क्याइसरको कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियामा नायक साहरुख खान र नायिका दीपिका पादुकोणको रोमान्स हेर्न सकिन्छ । सिद्धार्थ आनन्दले यो चलचित्रलाई निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *