‘छक्का पन्जा ४’को फस्टलुकमा एक्ला दीपक

६ पुष २०७९ १३:४९

निर्मल शर्मा र केदार प्रसाद घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र ‘छक्का पन्जा ४’को फस्टलुक सार्वजनिक भएको छ । दीपकराज गिरीले सार्वजनिक गरेको चलचित्रको फस्टलुक २ कुराले महत्वपूर्ण छ । बजारमा चलचित्रका निर्देशक हेमराज वी.सीले चलचित्र छाडेको भन्ने हल्ला छ । अर्कोतिर, यो चलचित्र फागुण १९ गते रिलिज हुँदैन भन्ने अर्को चर्चा छ ।

तर, फस्टलुक सार्वजनिक गर्दै निर्माणपक्षले दुबै हल्लालाई निराधार भएको सन्देश दिएको छ । आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीको मुख्य भूमिका छ ।

तर, सार्वजनिक पोष्टरमा दीपकराज गिरी एक्लै उभिएका छन् । फिल्ममा उनी ‘राजा’कै भूमिकामा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *