इम्पायरको उत्कृष्ट ५० कलाकारको सूचीमा साहरुख एक्ला भारतीय नायक

६ पुष २०७९ १३:४१

नायक साहरुख खानको लोकप्रियता भारतमा मात्र हैन, विश्वभर नै छ । साहरुखको प्रख्याती विश्वका कुना कुनामा छरिएर रहेका फ्यानमाझ रहेको बताइन्छ । यसैले, उनको क्रेज हलिउडका स्टार नायकको भन्दा बढी रहेको अनुसन्धानले पनि देखाइसकेको छ ।

यसैबिच, विश्वको प्रतिष्ठित म्यागेजिन इम्पायरले सार्वजनिक गरेको ५० जना उत्कृष्ट नायकहरुको सूचीमा भारतबाट नायक साहरुख खानको मात्र नाम समावेश छ । यो सूचीमा अन्य नायकहरु हलिउड र विभिन्न देशका छन् ।

साहरुख खानले ‘देवदास, माई नेम इज खान, कुछ कुछ होता हे’ जस्ता लोकप्रिय चलचित्रमा काम गरेको भन्दै म्यागेजिनले उनको विश्वभर करोडौं फ्यान भएको पनि उल्लेख गरेको छ ।

साहरुख खानका चलचित्रले ओभरसिजमा पनि आक्रामक व्यापार गर्छन् । भारत बाहिर पनि करोडौं फ्यान भएका कारण साहरुखका चलचित्रले उत्कृष्ट व्यापार गर्ने गरेको बताइन्छ । उनी अभिनित चलचित्र ‘पठान’ जनवरी २५ तारिखबाट विश्वभर रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *