छोराका लागि छोरीको बली दिएको कथामा ‘चि मुसी चि’को ट्रेलर

६ पुष २०७९ १३:०४

नेपालमा मेकरले हरर चलचित्र बनाएको चर्चा गरेतापनि आम दर्शक यस्ता कथाबाट सन्तुष्ट छैनन् । हरर चलचित्र हेर्दा दर्शक डराउन भन्दा हाँस्नमा तल्लीन हुने गरेका छन् । यसैले, नेपालमा हरर चलचित्रको व्यापार राम्रो छैन ।

यही बिचमा पौषको २२ गते ‘चि मुसी चि’ नामक एउटा चलचित्र रिलिज हुँदैछ । यो चलचित्रलाई सत्य घटनासँग आधारित भनिएको छ । हरर जनरामा निर्माण भएको यो चलचित्रले एक बालिका बलीको कथालाई उठान गरेको छ ।

निर्देशकले भारतको एक राज्यमा बालिका बली दिएको बिषयलाई चलचित्रको बिषयवस्तु बनाएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, रविन्द्र झा, राजन खतिवडा लगायतको अभिनय छ । अरुण चक्रवर्ती र एमी स्टूडियोको निर्माणमा तयार भएको चलचित्रमा मर्ण जेम्स र यश सैनीको कथा तथा पटकथा, सुशान्त प्रजापतिको छायांकन, यश सैनीको सम्पादन छ ।

चलचित्रलाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा रिञ्जु केसी र अरुण चक्रवर्तीको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *