साम्राज्ञीले भनिन्–‘मैले त्यती ठूलो कुरा गरेछु’ ?(भिडियोसहित)

५ पुष २०७९ १३:२१

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही बर्ष अगाडि आफूलाई स्टारले बनाएको भन्दा पनि आफूले स्टार बनाउने तर्क गरेकी थिइन् । सो समयमा उनी नायक धिरज मगरसँग चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रमोशनका क्रममा पोखरा पुगेकी थिइन् । साम्राज्ञीले केही बर्ष अगाडिसम्म आफूले स्टार बनाएको भन्दै आफूलाई कुनै स्टारले नबनाएको तर्क गर्ने गर्थिन् । तर, अहिले उनको बोली फेरिएको छ ।

आज आयोजना भएको चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक कार्यक्रममा यो प्रश्न सोध्दा साम्राज्ञीले हाँसेर टारिन् । उनले भनिन्–‘ओहो मैले त्यत्रो ठूलो कुरा गरेछु । तर, कुन बेला कहाँ भनेँ भन्ने मलाई याद नै छैन । त्यो बेलामा १६–१७ बर्षकी मात्र थिएँ । यसैले बच्चा बेला नजानेर बोलेँ होला ।’

तर, यो बिषय आफूलाई अहिले याद नभएको भन्दै उनले सोही बिषयमा अडिग रहेको वा नरहेको भन्न नसक्ने तर्क गरिन् । खैर, जेहोस् साम्राज्ञी आफै यतिबेला हिट चलचित्रको खोजीमा छिन् । ३ बर्षपछि दर्शकमाझ पर्दामा आउन लागेकी यी नायिकाका लागि ‘तिम्रो मेरो साथ’को व्यापार प्रतिक्षामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *