पुष्पसँग हट साम्राज्ञी

५ पुष २०७९ ११:१२

आजसम्म नायक दोहोर्याएर काम नगरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक पुष्प खड्कासँग भने तेश्रो चलचित्रमा सहकार्य गरेकी छिन् । यसर्थ पनि साम्राज्ञीका लागि पुष्प विशेष नायकको रुपमा रहेको वुझ्न सकिन्छ । ‘मंगलम र मारुनी’पछि यी दुइले चलचित्र ‘तिम्रो मेरो साथ’मा सहकार्य गरेका छन् । यो चलचित्र पौषको २९ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पुष्प र साम्राज्ञी एक अर्कासँग रोमान्टिक देखिए । अझ, विभिन्न पोज दिने क्रममा पुष्प भन्दा साम्राज्ञी बढी खुलिन् । साम्राज्ञीको पहिरन यो जाडोमा पनि निक्कै खुल्ने गरेको छ । चलचित्रको एक गीत रिलिज कार्यक्रममा पनि साम्राज्ञी खुलेकी थिइन् ।

पुष्पसँग काम गर्न पाउँदा आफू खुशी हुने साम्राज्ञीले बताउँदै आएकी छिन् । पुष्प पनि साम्राज्ञीसँग काम गर्न पाउँदा उत्साहित हुने बताउँछन् ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *