‘अवतार २’को कमाई अपेक्षा भन्दा कम

५ पुष २०७९ १०:५०

प्रतिक्षित चलचित्र ‘अवतार २’ले विश्वव्यापी रुपमा अपेक्षा भन्दा कम ओपनिङ गरेको छ । एक दशक अगाडि आक्रामक ओपनिङ गरेको चलचित्रको सिक्वेलले बक्स अफिसमा सुनामी नै ल्याउने अपेक्षा गरिएको थियो ।

चलचित्रका निर्माता तथा निर्देशक जेम्स क्यामरुनले पनि यो चलचित्रले विश्वबाट २ बिलियन भन्दा बढी नकमाएको खण्डमा घाटा हुने बताउँदै आएका छन् । यो चलचित्रले तिन दिनमा ४४१.६ मिलियन डलरको कमाई गरेको हलिउड स्टूडियो डिज्नेले सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।

चलचित्रले नेपालमा पनि सोमबारसम्म ३ करोड भन्दा बढीको ग्रस कलेक्शन गरेको छ । चलचित्रको व्यापारमा आइतबारदेखि भारी गिरावट आएको छ । भारतमा यो चलचित्रले ३ दिनमा १२९ करोडको कमाई गरेको मिडिया रिपोर्टमा उल्लेख छ । चलचित्रले चीनमा अपेक्षा भन्दा कम कमाई गरेको मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *