पुष्पका लागि साम्राज्ञीको पागलपनामा ‘तिम्रो मेरो साथ’को ट्रेलर

५ पुष २०७९ १०:०४

चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंमा सार्वजनिक गरिएको छ । रमेश एम के पौडेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नायक पुष्प खड्कालाई पाउन गरेको संघर्षको कथा समावेश छ । चलचित्रको ट्रेलर हेर्दा त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र बनेको वुझ्न सकिन्छ ।

सविर श्रेष्ठ कार्यकारी निर्माता तथा लेखक रहेको चलचित्रमा पुष्प साम्राज्ञीको साथमा सन्दीप क्षेत्री इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दीपाशा केसीको मुख्य भूमिका छ । चलचित्रमा अर्नव पौडेल र आर्यन पौडेल निर्माताको रुपमा छन् ।

सविर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेको चलचित्रको कथामा शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुभाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो चलचित्रको ट्रेलरमा पुष्पलाई पाउन जुनसुकै कदम पनि चाल्न सक्ने साम्राज्ञीको पागलपनालाई देखाइएको छ । अर्कोतिर, पुष्पको प्रेम इमिलीसँग पनि भएको देखाइएको छ । ट्रेलरमा संवादलाई बढी स्थान दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *