विपिन र अरुणाको प्रेम र परिवारको कथामा ‘फूलबारी’को टिजर

४ पुष २०७९ १२:१२

यो बर्ष ऐतिहासिक सफलता प्राप्त गरेको चलचित्र ‘कबड्डी ४’का निर्देशक रामबाबु गुरुङ फागुण ५ गतेबाट नयाँ चलचित्र ‘फूलबारी’को साथमा दर्शकमाझ आउँदैछन् ।

ब्रान्ड चलचित्र बाहेक पनि हिट चलचित्र दिनुपर्ने चुनौती उनीसँग छ । यसैले, उनका लागि ‘फूलबारी’ बिशेष छ । सार्वजनिक २ मिनेट २ सेकेन्ड लामो टिजरमा रामबाबुले परिवारको महत्व दर्शाउन खोजेका छन् । चलचित्रको टिजरमा मुख्य कलाकारहरु विपिन कार्की र अरुणा कार्कीलाई दम्पत्तीको रुपमा चित्रित गरिएको छ । झट्ट हेर्दा विपिन नेताको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

यो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । चलचित्रले अभिभाव र सन्तानबिचको कथालाई उठान गरेको छ । चलचित्रमा उपेन्द्र सुब्बा र कमल किशोर मलपानीको कथा छ ।

जोश हेरुमको छायांकनमा तयार भएको चलचित्रमा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रमा मणिराम पोखेल कार्यकारी निर्माताको रुपमा छन् भने मनिष ढकाल निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *