हलिउड चलचित्र ‘अवतार २’ले भारतीय बक्स अफिसमा आक्रामक कमाई गरेको छ । तर, चलचित्रले विकेन्डमा ५० करोडको आँकडा भने छुन सकेन ।
यो चलचित्रले शुक्रबार ४१ करोडको ओपनिङ गरेको थियो । भारतीय बक्स अफिसमा ठूलो ओपनिङ गर्ने दोश्रो चलचित्र समेत ‘अवतार’ बनेको छ । चलचित्रले शनिबार ४२ करोडको व्यापार गर्यो । आइतबार चलचित्रको व्यापार ४६ करोड पुग्यो ।
तीन दिनमा चलचित्रले १२९ करोडको व्यापार गरेको छ । चलचित्रले २ सय करोडको व्यापार यो सातामा गर्ने पक्का जस्तै देखिएको छ । जेम्स क्यामरुनको निर्देशनमा बनेको चलचित्रले विश्व बजारमा पनि आक्रामक कमाई गरिरहेको छ । नेपालमा पनि यो चलचित्रको व्यापार बम्पर छ ।