‘हात्तीछाप’मा दयापछि सौगात फाइनल

३ पुष २०७९ १२:१६

चलचित्र ‘हात्तीछाप’लाई बलियो बनाउन यसका निर्माता किरण नेपालीले कुनै कसर बाँकी नराख्ने संकेत दिएका छन् । यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् । निर्देशक फाइनल गरेको केही समयपछि निर्माता नेपालीले कलाकार पनि फाइनल गरिरहेका छन् । चलचित्रमा नायक दयाहाङ राई फाइनल केही दिन अगाडि फाइनल भएका थिए ।

अब, नायक सौगात मल्ललाई पनि यो चलचित्रको निर्माणपक्षले फाइनल गरेको छ । निर्माता नेपाली र कलाकार मल्लबिच आज संझौता भएको हो । चलचित्रको कथालाई प्रदीप भारद्धाजले लेखिरहेका छन् ।

यो चलचित्रलाई सामाजिक कथावस्तुमा निर्माण गर्ने तयारी निर्माणपक्षले गरेको छ । चलचित्रलाई चैत्रबाट छायांकन सुरु गर्ने निर्माता नेपालीले बताए ।

किरणले नै बनाएको चलचित्र ‘२ नम्बरी’मा नायक सौगात मल्ल र दयाहाङ राइले काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा धमाका मच्चाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *