विवादले ‘पठान’को ‘बेसरम रंग’लाई फाइदै फाइदा

३ पुष २०७९ १०:३०

नायक साहरुख खान र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को ‘बेसरम रंग’ बोलको गीत केही दिनदेखि मिडिया र सामाजिक संजालको केन्द्रमा छ । जसरी विश्वकपमा मेस्सी केन्द्रमा छन्, त्यस्तैगरि साहरुखको फिल्मको पहिलो गीत केन्द्रमा छ । अझ, भिडियोको एक दृश्यमा नायिका दीपिका पादुकोणले लगाएको विकिनीको रंगलाई लिएर चलचित्रमाथि हमला गरिएको छ ।

तर, अधिकांशले सस्तो विवाद भन्दै टिप्पणी गरिरहँदा यशराज फिल्मस् र गीतको भिडियोलाई भने फाइदा नै फाइदा मिलेको छ ।

सुरुवातमा भ्यूज आक्रामक भएपनि पछि सुस्ताएको थियो । तर, विवाद सुरु भएपछि यो गीतलाई दैनिक १ करोड पटक हेर्न थालिएको छ । अहिले, गीतको बिषयमा भारतभर बहस छेडिएको छ । अधिकांशले भारतीय जनता पार्टीका केही नेताले सुरु गरेको तर्कलाई वाहियात भनेका छन् ।

यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्र जनवरी २५ बाट रिलिज हुँदैछ । ४ बर्षपछि नायक साहरुख खान चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । जसले पनि चलचित्रको हाइप अझै बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *