अनमोलको ‘जेरी २’को टाइटल फन्ड बनाउनेलाई ५० हजार पुरस्कार

१ पुष २०७९ १२:०१

चाडै नै छायांकनमा जान लागेको नायक अनमोल केसी स्टारर चलचित्र ‘जेरी २’को निर्माणपक्षले टाइटल फन्ड प्रतिस्पर्धा आयोजना गरेको छ । टाइटल फन्ट डिजाइन गर्नेमध्ये उत्कृष्टलाई ५० हजार पुरस्कार प्रदान गरिने निर्माणपक्षले बताएको छ । डिजाइन गरिएका फन्ट नक्कल गरिएको भने हुनु हुँदैन । केही शर्तसहित प्रतिस्पर्धामा भाग लिन इच्छुक व्यक्तिले आफ्नै परिकल्पनामा फन्ट डिजाइन गर्नुपर्नेछ ।

पौषको १० गतेसम्म डिजाइन पठाउन सकिने निर्माणपक्षले बताएको छ । हेमराज वीसीले निर्देशन गर्ने चलचित्रको प्रि–प्रोडक्शनको काम चलिरहेको छ । चलचित्रमा अनमोलसँगै पूर्णिका सिजापतिको अभिनय रहनेछ । अन्य कलाकार फाइनल नभएको बताइएको छ ।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्दैछन् । चलचित्रमा रामकृष्ण श्रेष्ठ निर्माताको रुपमा छन् । डिजाइन पठाउन चाहने जोकोहीले [email protected] मा मेल गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *