‘हात्तीछाप’मा जोडिए दयाहाङ

१ पुष २०७९ ५:१५

चलचित्र ‘हात्तीछाप’मा नायक दयाहाङ राई जोडिएका छन् । निर्माता किरण नेपालीले बिहिबार दयासँग कागजी संझौता गरे । यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् । चलचित्रको कथा भने प्रदीप भारद्धाजले लेखेका हुन् ।

चलचित्र ‘२ नम्बरी’ हिट भएपछि किरणले यो चलचित्र निर्माण गर्न लागेका हुन् । किरणले दयासँग ‘२ नम्बरी’पछि यो चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

चलचित्रले सामाजिक कथावस्तुलाई उठान गर्ने किरणको भनाई छ । चैत्र महिनाबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रका लागि अन्य कलाकारसँग कुरा भैरहेको निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *