‘पठान’को गीत विवादमा, साहरुखले दिए कडा जवाफ

१ पुष २०७९ ५:१०

४ दिन अगाडि सार्वजनिक भएको चलचित्र ‘पठान’को ‘बेसरम रंग’ले विश्व बजार तताएको छ । नायक साहरुख खान र नायिका दीपिका पादुकोणको नृत्य रहेको यो गीतको भिडियोलाई समुन्द्री तटमा खिचिएको छ ।

जहाँ, दीपिकालाई सेक्सी अवतारमा प्रस्तुत गरिएको छ । गीतमा प्रयोग गरिएको दीपिकाको गुलाबी रंगको पहिरनले भने भारतमा तहल्का नै मच्चाएको छ । विशेषगरि, भारतीय जनता पार्टीका केही नेता तथा कार्यकर्ताले पहिरनले हिन्दुहरुको भावनामा ठेस पुर्याएको समेत भन्न भ्याएका छन् ।

सामाजिक संजालमा केही मानिसहरु नकारात्मक भएपछि कोलकत्ता फिल्म फेस्टिभलमा पुगेका नायक साहरुख खानले गतिलो जवाफ दिएका छन् । उनले, सामाजिक संजालमा नकारात्मक कुरा बिक्ने भएकाले मानिसहरुले यसमा नै बढी ध्यान दिएको बताए । तर, सबै सकारात्मक सोच्ने मानिसहरु अहिले पनि जिउँदै रहेको उनको भनाई छ ।

साहरुखले यस्ता नकारात्मक कुराहरुलाई चलचित्रको माध्यमबाट चिर्नुपर्ने तर्क समेत गरेका छन् ।

जनवरी २५ तारिखमा रिलिज हुन लागेको यो चलचित्रलाई एक्सन जनरामा निर्माण गरिएको छ । चलचित्रमा नायक जोन अब्राहिम खलपात्रको रुपमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *