आर्यन र उपासनाको प्रेम र डिसेम्बरको घटनामा ‘डिसेम्बर फल्स’को ट्रेलर

२९ मंसिर २०७९ १४:०४

नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को कमर्सियल ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रविण झा निर्देशित चलचित्रको एक्सन, रोमान्स, वियोग र सस्पेन्स सहितको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्रमा आर्यन र उपासनाको अलवा शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा दीपक शर्मा, कोशिश क्षेत्री, सुशान्त गौतम र प्रतिक पौडेलको संगीत, महेश गुप्ताको छायांकन, विपिका खनालको कथा, श्री श्रेष्ठको एक्सन, बनिष शाहको सम्पादन छ । रामप्रसाद रिजालको प्रस्तुति तथा निर्माणमा तयार भएको चलचित्रका निर्माता रामकुमार भट्ट हुन् । चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र अशिम काफ्ले हुन् ।

चलचित्रले डिसेम्बरको २३ तारिखमा एक नर्सको जीवनमा आइपर्ने घटना र त्यसले उत्पन्न गर्ने परिस्थितीको कथालाई देखाएको छ । चलचित्रको ट्रेलर हेर्दा यसको मेकिङ उच्च देखिन्छ । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने विश्वास गरिएको छ । पौषको १५ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *