सिक्किमका विक्कीसँग नेपालकी श्रद्धाले गरिन् इन्गेजमेन्ट

२९ मंसिर २०७९ १३:५२

रियालिटी शोका निर्देशकद्धय विक्की अग्रवाल र श्रद्धा प्रसाँईले विगत केही बर्षदेखिको आफूहरुको प्रेमलाई बिहेमा परिणत गर्ने भएका छन् । उनीहरुको आज काठमाडौंमा इन्गेजमेन्ट भएको हो । श्रद्धा र विक्कीको इन्गेजेमन्टमा उनीहरुका आफन्त, परिवार र साथीभाई सहभागी छन् ।

श्रद्धा र विक्की केही बर्षदेखि प्रेम सम्बन्धमा रहेपनि उनीहरुले सम्बन्धलाई स्विकार भने गरेका थिएनन् । सिक्किमका विक्की अग्रवाले ‘कमेडी च्याम्पियन २’का उपबिजेता हुन् । यो शोको श्रद्धा सह निर्देशक हुन् । यसपछि यी दुइको निकटता बढ्दै गयो र उनीहरुको प्रेम भएको थियो ।

उनीहरुले मिलेर ‘आम्मा कसम यहाँ दुख्छ’ नामक रियालिटी शो पनि तयार पारेका थिए । अहिले विक्की ‘कमेडी क्लब विथ च्याम्पियन्स’को निर्देशक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *